चिकित्सा शिक्षा स्नातक तह प्रवेश परीक्षाकाे नयाँ मिति तय
काठमाडौं : चिकित्सा शिक्षाअन्तर्गतका एमबीबीएस, बीडीएस, बीएनएस, बीएस्सी नर्सिङ, बीपीएचको प्रवेश परीक्षा असोज ३, ५, ६ र ७ गते हुने भएको छ।
सोमबार बसेको चिकित्सा अध्ययन संस्थानअन्तर्गत स्नातक तह प्रवेश परीक्षा सञ्चालक समितिको बैठकले मिति तय गरेको हो। यसअघि ती परीक्षा यही भदौ २१, २२ , २३ र २४ गते तय गरिएका थिए।
सर्वोच्च अदालतले सो मितिमा ती तहका परीक्षा रोक्न संस्थानलाई आदेश गरेपछि स्थगन गरेर पुनः गर्न अर्को मिति निर्धारण गरिएको हो। ती तहका नयाँ शैक्षिक कार्यक्रमअन्तर्गत एमबीबीएसमा मात्र करिब १८ हजार छात्रछात्राले प्रवेश परीक्षाका लागि आवेदन दिएका थिए।
हाल त्रिवि, काठमाडौंँ विश्वविद्यालय, स्वास्थ्य मन्त्रालयअन्तर्गतका २२ कलेजमा एमबीबीएसको अध्ययन हुन्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण