असोज २ गते देशभरका सरकारी अस्पतालमा ओपीडी सेवा निःशुल्क
काठमाडौं : संविधान दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज २ गते देशभरका सरकारी अस्पतालमा ओपीडी सेवा निःशुल्क गर्ने निर्णय गरेको छ।
यो वर्ष संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा हर्सोल्लासपूर्वक मनाउने योजनाअनुसार सर्वसाधारणलाई ओपीडी सेवा निःशुल्क गर्ने निर्णय गरेको हो।
स्वास्थ्यसचिव खगराज बरालले असोज २ गते बिहीबारसंघ र प्रदेशस्तीय अस्पताल, जिल्ला तथा प्राथमिक स्वास्थ्य केन्द्र देखि सबै स्वास्थ्य संस्थालाई ओपीडी शुल्क नलिन निर्देशन दिएको जानकारी दिए।
निजी अस्पताललाई यसरी छुट दिनका लागि निर्देशन दिन नमिल्ने भए पनि आग्रह भने गरिएको उनले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण