असोज २ गते देशभरका सरकारी अस्पतालमा ओपीडी सेवा निःशुल्क
काठमाडौं : संविधान दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज २ गते देशभरका सरकारी अस्पतालमा ओपीडी सेवा निःशुल्क गर्ने निर्णय गरेको छ।
यो वर्ष संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा हर्सोल्लासपूर्वक मनाउने योजनाअनुसार सर्वसाधारणलाई ओपीडी सेवा निःशुल्क गर्ने निर्णय गरेको हो।
स्वास्थ्यसचिव खगराज बरालले असोज २ गते बिहीबारसंघ र प्रदेशस्तीय अस्पताल, जिल्ला तथा प्राथमिक स्वास्थ्य केन्द्र देखि सबै स्वास्थ्य संस्थालाई ओपीडी शुल्क नलिन निर्देशन दिएको जानकारी दिए।
निजी अस्पताललाई यसरी छुट दिनका लागि निर्देशन दिन नमिल्ने भए पनि आग्रह भने गरिएको उनले बताए।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै