Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘फगिङ’ले मरेन लामखुट्टेको लार्भा, उल्टै मानिसलाई असर

‘फगिङ’ले मरेन लामखुट्टेको लार्भा, उल्टै मानिसलाई असर

काठमाडौं : डेंगुको प्रकोप बढेको भन्दै सरकारले गाउँटोल र स्कुल लगायत स्थानमा धुवाँउने विषादी (फगिङ) प्रयोग गर्दै आएकाे छ।
यति गर्दा पनि डेंगु फैलाउने लामखुट्टेको लार्भा जीवितै भेटिएपछि नियन्त्रणको याे उपाय प्रभावहीन देखिएको छ।

फगिङ विधिले वयस्क लामखुट्टे मात्र मर्न सक्ने तर अण्डा र लार्भा नष्ट गर्न नसक्ने विज्ञहरूले बताएका छन्। बरु धुवाँबाट नियन्त्रण गर्न खोज्दा मुटु र दमका बिरामी, गर्भवती आदिलाई असर गर्ने भएकाले जैविक विधि अपनाउन विज्ञहरूले सुझाव दिएका छन्।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान शाखा प्रमुख डा. मेघनाथ धिमालले फगिङले गर्भवती र बालबालिकाको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने बताए। परिषदले सोमबार गरेकाे पत्रकार सम्मेलनमा डा. इशान गौतमले फगिङ विधिले फोक्सोमा असर गरी दमको जोखिम हुने बताए।

‘फगिङ जस्ता वातावरण र मानव स्वास्थ्यमा नकारात्मक असर उत्पन्न गर्ने र डेंगुवाहक लामखुट्टेका प्रजातिको जनसंख्या नियन्त्रण गर्न नसक्ने उपाय अवलम्बन गर्नुभन्दा विश्वमा प्रचलित प्रभावी विधिको अभ्यास गर्न ढिलो गर्नु हुँदैन’, परिषदले  जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि