‘फगिङ’ले मरेन लामखुट्टेको लार्भा, उल्टै मानिसलाई असर
काठमाडौं : डेंगुको प्रकोप बढेको भन्दै सरकारले गाउँटोल र स्कुल लगायत स्थानमा धुवाँउने विषादी (फगिङ) प्रयोग गर्दै आएकाे छ।
यति गर्दा पनि डेंगु फैलाउने लामखुट्टेको लार्भा जीवितै भेटिएपछि नियन्त्रणको याे उपाय प्रभावहीन देखिएको छ।
फगिङ विधिले वयस्क लामखुट्टे मात्र मर्न सक्ने तर अण्डा र लार्भा नष्ट गर्न नसक्ने विज्ञहरूले बताएका छन्। बरु धुवाँबाट नियन्त्रण गर्न खोज्दा मुटु र दमका बिरामी, गर्भवती आदिलाई असर गर्ने भएकाले जैविक विधि अपनाउन विज्ञहरूले सुझाव दिएका छन्।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान शाखा प्रमुख डा. मेघनाथ धिमालले फगिङले गर्भवती र बालबालिकाको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने बताए। परिषदले सोमबार गरेकाे पत्रकार सम्मेलनमा डा. इशान गौतमले फगिङ विधिले फोक्सोमा असर गरी दमको जोखिम हुने बताए।
‘फगिङ जस्ता वातावरण र मानव स्वास्थ्यमा नकारात्मक असर उत्पन्न गर्ने र डेंगुवाहक लामखुट्टेका प्रजातिको जनसंख्या नियन्त्रण गर्न नसक्ने उपाय अवलम्बन गर्नुभन्दा विश्वमा प्रचलित प्रभावी विधिको अभ्यास गर्न ढिलो गर्नु हुँदैन’, परिषदले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण