चिकित्सक खोज्दै धामीझाँक्री
डोटी : कुनै समय चिकित्सकले निको पार्न नसकेको उपचार आफूले निको पार्न सक्ने दाबी गर्दै आएका यहाँका धामीझाँक्री अचेल चिकित्सककहाँ गएर उपचार गराउन थालेका छन्।
आफूमात्र नभई उनीहरू अहिले गाउँका अन्य बिरामीलाई पनि चिकित्सककहाँ गएर औषधोपचार तथा जाँच गराउन सल्लाह दिन थालेका जोरायल गाउँपालिका वडा नं ५ गड्सेराका डम्मर विष्टले बताए।
जिल्ला स्वास्थ्य कार्यालय तथा नेपाली सेनाको सुदूरपश्चिम पृतना दिपायल राजपुर व्यारेकले सुदूरपश्चिमेली जनतालाई घरैमा निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले यहाँका विभिन्न क्षेत्रमा सञ्चालन गरेका निःशुल्क स्वास्थ्य शिविरमा धामीझाँक्री पनि उपचार तथा जाँच गराउन आउन थालेका छन्।
पछिल्लो समय विभिन्न किसिमका रोग देखा पर्न थालेकाे र झारफुककाे भर पर्दा ज्यान नै खतरामा पर्ने भएकाले आफूहरूले बिरामीलाई अस्पताल तथा चिकित्सककहाँ पठाउने गरेको बोगटान फुड्सिल गाउँपालिका–५ भतालीका धामी देवबहादुर बोहराले जानकारी दिए।
डोटीलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा विगत समयमा मानिस सामान्य बिरामी पर्दा पनि धामीझाँक्रीकहाँ धाउने चलन थियो। अहिले उक्त चलन बिस्तारै हट्न थालेको छ। यहाँका धामीझाँक्रीले ठूलो रोगबाहेक अन्य केही मसान, पिशाच, बोक्सी लागेको भने निको पर्ने गरेको पिपल्लाका पदम दासले बताए।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै