डेंगुसम्बन्धी सूचना प्रवाहकाे उचित व्यवस्था गर : आयोग
काठमाडौं : राष्ट्रिय सूचना आयोगले डेंगु रोगबाट बच्न आवश्यक सूचना प्रवाहको उचित व्यवस्था तत्काल गर्न सरकारलाई निर्देशन दिएको छ।
सोमबार काठमाडौंमा आयोगले पत्रकार सम्मेलन गरी डेंगु रोगबाट बच्न नागरिकलाई आवश्यक सूचना प्रवाहको उचित व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा आदेश जारी गरेको हो।
डेंगु रोग लाग्न नदिन, लागे त्यसबाट बच्ने उपायहरुबारे आम नागरिकलाई उचित सूचना प्रवाह हुनेगरी आवश्यक व्यवस्था देशभर मिलाउन सरकारलाई आदेश दिइएको आयोगकी प्रवक्ता यशोदा तिम्सिनाले बताइन्। आयोगले डेंगुबाट बच्ने उपायबारे आमसञ्चार माध्यामबाट पनि सूचना प्रवाह गर्न सरकारलाई सुझाव दिएको छ।
आयोगले आइतबार स्वास्थ्य मन्त्रालयका पदाधिकारी र चिकित्सकहरूको टोलीसँग परामर्श गरेपछि डेंगु रोगबाट बच्न आम नागरिकलाई आवश्यक सूचना प्रवाह गर्न सरकारको नाममा आदेश दिएको हो।
आयोगले संघीय सरकारले प्रदेश सरकार र स्थानीय तहसँग पनि समन्वय गरी सबै प्रदेश र सबै पालिकाहरूबाट पनि रोगबाट बच्ने उपायसहितको सूचना आम नागरिकलाई प्रवाह गर्ने व्यवस्था तत्काल मिलाउन भनेको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण