Health TV Online
Health TV Online
Health TV Online

उत्पादन हुँदैछन् डेंगु प्रतिरोधी लामखुट्टे

उत्पादन हुँदैछन् डेंगु प्रतिरोधी लामखुट्टे

नेपाललगायत दक्षिण र दक्षिण-पूर्व एसियाली मुलकुमा डेंगुको प्रकाेप बढिरहेका वेला वैज्ञानिकको एक समूहले डेंगु प्रतिरोधी लामखुट्टेको विकास गर्न शोध गरिरहेका छन्। पहिलो पटक उत्तरी अस्ट्रेलियामा यसको परीक्षण गरिएको हाे।

लामखुट्टेबाट लाग्ने रोगहरूसँग जुध्नका लागि वैज्ञानिकहरु ‘वर्ल्ड मस्क्विटो प्रोग्राम’ (डब्ल्यूएमपी)अन्तर्गत काम गरिरहेका छन्। यो लामखुट्टेबाट डेंगुसँग जुध्न सकिने बताइएको छ। यसका लागि ९ देशमा परीक्षण पनि गरिएको छ, जसले राम्रो नतिजा दिएको बताइएकाे छ।

भाले र पोथी एडिज (डेंगु फैलाउने) लामखुट्टेलाई जंगलमा छोड्नुअघि रोगप्रतिरोधी ब्याक्टेरिया ‘वोल्बाचिया’बाट संक्रमित गरिनेछ। केही सातामै लामखुट्टेले वोल्बाचिया ब्याक्टेरियासहित जन्मिन्छ, जसले रोग प्रतिरोधीकाे काम गर्छ। यसले डेंगुसहित जाइका, चिकनगुनिया र औलो जस्ता रोगबाट समेत बच्न सकिने बताइएकाे छ।डब्ल्युएमपीको प्रोजेक्ट प्रमुख गुएन बिन्ह गुयेनका अनुसार भियतनाममा वोल्बाचिया ब्याक्टेरिया भएको लामखुट्टे छाडिएपछि डेंगुका बिरामी धेरै घटेका छन्।

डेढ लाख संक्रमित लामखुट्टे छाडियो गुएनको टिमले दक्षिणी भियतनामको डेंगु पीडित जिल्ला विन्ह लुओङ्गमा करिब डेढ लाख वोल्बाचिया(संक्रमित लामखुट्टे छाडेका थिए। विन्ह लुओङ्गमा डेंगुको मामिलामा ८६ प्रतिशत कमी आएको छ।

थप समाचार