Health TV Online
Health TV Online
Health TV Online

प्रा.डा. अग्रवालमाथि भएको दुर्व्यवहारप्रति नेपाल चिकित्सक संघद्वारा निन्दा

प्रा.डा. अग्रवालमाथि भएको दुर्व्यवहारप्रति नेपाल चिकित्सक संघद्वारा निन्दा

काठमाडौं : नेपाल चिकित्सक संघले चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम), महाराजगञ्जका डिन प्रा.डा. जगदीशप्रसाद अग्रवालमाथि भएको दुर्व्यवहारको निन्दा गरेको छ।

आइतबार विज्ञप्ति निकालेर संघले प्रतिष्ठित र मर्यादित क्षेत्रको महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका व्यक्तिमाथि अन्तरवार्ताका नाममा दुर्व्यवहार गर्नु आपत्तिजनको भएको बताएको छ। पत्रकारिताजस्तो पवित्र पेशालाई नै कलंकित र दुषित तुल्याउने र समग्र पत्रकारहरूकै बदनाम गर्न खोजेको संघकाे ठहर छ।

राजधानीको केन्द्रमा रहेको चिकित्साशास्त्र अध्ययन संस्थानमा समेत चिकित्सकलाई बदनाम गर्ने र चरित्र हत्या गर्ने जस्ता क्रियाकलापले प्रश्रय पाउँदै जाँदा समग्र देशभरका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरूले सुरक्षित महसुस गर्न नसक्ने संघको ठहर छ।

‘घटनामा संलग्नलाई यथाशीघ्र कारवाही नगरिएको खण्डमा नेपाल चिकित्सक संघका आजीवन सदस्यहरूको रक्षाका निम्ति संघले जस्तोसुकै कदम चाल्न पछि नपर्ने जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ।

संघले मन्त्रिपरिषदमा विचाराधीन ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र सोको नियमावली २०६९’ मा ‘बिना धरौटी जेल चलानको प्रावधान’ थप गरी यथाशीघ्र पारित गर्न माग गरेको छ।

आइतबार दिउँसो समसामयिक विषयमा अन्तरवार्ता लिने भन्दै आएका एक व्यक्तिले डा. अग्रवाललाई पेपर माग्ने निहुँमा कालो मसी छ्यापेर दुर्व्यवहार गरेका थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार