आइओएमका डिन प्राडा अग्रवालमाथि दुर्व्यवहार
काठमाडौं : त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जका डिन प्राडा जगदीशप्रसाद अग्रवालमाथि दुर्व्यवहार भएको छ।
समसामयिक विषयमा अन्तरवार्ता लिने भन्दै समय लिएर आएका दुई जना मध्ये एक व्यक्तिले डा अग्रवाललाई पेपर माग्ने निहुँमा पछाडी गई कालो मसी छ्यापेर दुर्व्यवहार गरेका हुन्।
डा अग्रवालले आफूलाई अस्पतालको कार्यकक्षमा बसेका बेला उक्त व्यक्तिले एक्कासी मसी छर्केर भागेको बताए । उनले भने, ‘म सँग १५ दिन देखि अन्तरवार्ताका लागि समय मागिरहेका थिए आज १ बजे समय मिल्यो र भेट्ने कुरा भएको हो तर नियत अर्कै रहेछ ।’ त्यस लगत्तै प्रहरीलाई खबर गरेको पनि डा अग्रवालले जानकारी दिए ।
यता प्राडा अग्रवाललाई मसी छ्यापेर भाग्ने व्यक्तिको खोजी भइरहेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित