धादिङमा २३ जनामा डेंगु संक्रमण
धादिङ : जिल्लामा २३ जनामा डेंगु संक्रमण भेटिएको छ। उच्च ज्वरो तथा टाउको दुखाइका कारण जिल्ला अस्पताल धादिङमा जचाँउन आएका बिरामीमा डेंगु संक्रमण भेटिएको हो।
रगत परीक्षणका क्रममा २३ जनामा डेंगु संक्रमण भेटिएको जिल्ला अस्पताल धादिङका मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवनचन्द्र झाले बताए।
डेंगु संक्रमणले धादिङबासी त्रसित बनेका छन् । धादिङमाआर्थिक वर्ष ०७४\७५ मा ५ जनामा डेंगु संक्रमण देखिएको थियो। याे वर्ष दुई महिनामै २३ जनामा डेंगु संक्रमण देखिएको झाले बताए।
डेंगु संक्रमण बढेपछि जनचेतनाका कार्यक्रम सुरु गरिएको स्वास्थ्य कार्यालयले जनाएकाे छ। जिल्लाको नीलकण्ठ नगरपालिका, धुनिबेँसी नगरपालिका, ज्वालामुखी गाउँपालिका, सिद्धलेक गाउँपालिका र खनियावास गाउँपालिकामा संक्रमण देखिएकले ती ठाउँमा जनचेतनाका काम गरिरहेकाे कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक भुवन पौडेलले बताए ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित