निःशुल्क आँखा शिविरमा ५७६ ले लिए सेवा
कैलाली : गोदावरी नगरपालिका–२ मा आयाेजित निःशुल्क आँखा शिविरबाट ५७६ ले सेवा लिएका छन्। लायन्स क्लब अफ अत्तरिया सिटी, नेपाल नेत्र ज्योति सङ्घ र गेटा आँखा अस्पतालको संयुक्त आयोजनामा शनिबार आँखा शिविर गरिएकाे हाे।
गोदावरी नगरपालिकाका विभिन्न वडाबाट आएका ५७६ वृद्धवृद्धाले शिविरमा सेवा लिएका हुन्। तीमध्ये ७० जनामा मोतियाविन्दुको समस्या देखापरेको छ भने छ जनामा आँखाभित्र मासु पलाएको समस्या देखापरेको लायन्स क्लब अफ अत्तरिया सिटीका अध्यक्ष प्रमोद अधिकारीले जानकारी दिए।
अधिकारीका अनुसार मोतियाविन्दु र मासु पलाएको समस्या देखिएकाहरूको निःशुल्क शल्यक्रिया गेटा आँखा अस्पतालमा गरिने भएको छ। आँखाका अन्य बिरामीलाई निःशुल्क चश्मा र औषधि वितरण गरिएको अध्यक्ष अधिकारीले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण