डेंगु नियन्त्रणपछि मात्रै कर्मचारीलाई ‘रमाना’
काभ्रेपलाञ्चोक : जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले डेंगु रोग नियन्त्रणपछि मात्रै समायोजनमा परेका स्वास्थ्य कर्मचारीलाई ‘रमाना’ दिने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आदेशअनुसर जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले समायोजनमा परेका स्वास्थ्यका कर्मचारीलाई हाल डेंगु रोग नियन्त्रण नभएसम्म रमाना नदिन मातहतका स्थानीय तहका स्वास्थ्य शाखालाई परिपत्र गरेको हो।
‘डेंगु रोग नियन्त्रण गर्न सहज हुने तथा स्वास्थ्यकर्मी एक अर्को जिल्लामा आवतजावत गर्दा डेंगु रोगसमेत जाने–आउने खतरा बढ्न सक्ने भएकाले समायोजनमा जान पत्र जारी भएका चिकित्सक एवं स्वास्थ्यकर्मीलाई समेत रमाना नदिन परिपत्र गरेका हौँ’, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्रकुमार झाले भने।
मन्त्रालयले काठमाडाैं उपत्यकालगायत देशका अधिकांश जिल्लामा डेंगु रोगको प्रकोप देखिँदै गएकाले देशका विभिन्न तहमा समायोजन भई पत्र जारी भएका चिकित्सक एवं स्वास्थ्यकर्मी तथा केन्द्रीय अस्पतालमा कार्यरत चिकित्सक एवं स्वास्थ्यकर्मीलाई अर्को आदेश नभएसम्म यथावत राख्न यही भदौ २५ गते केन्द्रीय, प्रदेश, जिल्लास्थित सरोकारवाला निकायलाई पत्राचार गरेको थियो। साथै, प्रसूति बिदा, अध्ययन बिदा, किरिया बिदाबाहेक अन्य बिदा स्वीकृत नगर्न पनि मन्त्रालयले आदेश गरेको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण