मानसिक रोगविज्ञ डा. शर्माकाे ‘मान्छेको मन’ सार्वजनिक
काठमाडाैं : वरिष्ठ मानसिक रोगविज्ञ डा. विश्वबन्धु शर्माकाे पुस्तक ‘मान्छेको मन’ सार्वजनिक भएको छ। शर्माले शनिबार राजधानीमा मानसिक स्वास्थ्यसम्बन्धी संस्मरणात्मक पुस्तक सार्वजनिक गरेका हुन्।
पुस्तक सार्वजनिक कार्यक्रममा डा. शर्माले आफूले मानसिक रोगका बिरामीको उपचारका क्रममा भोगेका अनुभव यसमा उतार्ने प्रयास गरेको बताए। पुस्तकमाथि समीक्षा गर्दै जनस्वास्थ्यविद् डा. रविन्द्र समीरले पुस्तकमा समावेश भएका मानसिक रोग सम्बन्धी संस्मरण र विषयवस्तु उच्चस्तरीय र सजीव रहेको बताए।
कार्यक्रममा वरिष्ठ मुटु रोगविज्ञ डा. प्रकाशराज रेग्मीले डा. शर्माको पुस्तक नेपालको मानसिक स्वास्थ्यको क्षेत्रका लागि इतिहास र वर्तमानको दस्तावेज हुने बताए।
लक्ष्मण अधिकारीले सम्पादन गरेकाे याे पुस्तक मञ्जरी पब्लिकेशनले प्रकाशनमा ल्याएको हो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण