चितवनमा एक हजार ६२१ जनामा डेंगुको संक्रमण
चितवन : जिल्लामा एक हजार ६२१ जनामा डेंगुको संक्रमण देखिएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लाका विभिन्न अस्पतालमा सात हजार १७८ जनाको परीक्षण गरिएकोमा एक हजार ६२१ जनामा डेंगुको संक्रमण देखिएको हो।
संक्रमितमध्ये ६० प्रतिशत पुरुष रहेको स्वास्थ्य कार्यालय, चितवनका भेक्टर कन्ट्रोल इन्स्पेक्टर रामकुमार केसीले जनाए।
भरतपुर अस्पताल, दुई ठूला मेडिकल कलेज र अन्य विभिन्न अस्पतालमा अहिले भाइरल ज्वरोलगायत डेंगुसँग लक्षण मिल्ने सयौँ बिरामीको घुइँचो लागेको छ।
भरतपुर महानगरपालिकाको वडा नम्बर १, २, १०, १४ लगायत विभिन्न वडा जिल्लाको सबैभन्दा बढी डेंगु प्रभावित क्षेत्र हुन्। डेंगुले प्रकाेपकाे रूप लिएपछि किट अभाव हुँदा बिरामीको उपचार नै प्रभावित भइरहेको अवस्थामा महानगरपालिका प्रमुख रेणु दाहालले अस्पतालका मेडिकल सुपरिटेन्डन्ट श्रीराम तिवारीलाई किट हस्तान्तरण गरिन्।
अस्पतालमा दैनिक करिब २०० किट आवश्यक पर्ने गरेको अस्पतालले जनाएको छ।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा