सरकार भन्छ, डेंगु नियन्त्रण बाहिर गएकै छैन
काठमाडौं : संघीय सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले डेंगुको संक्रमण नियन्त्रण बाहिर नगएको दाबी गरेका छन्।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। ‘डेंगुले धेरैलाई दुःख दिए पनिनियन्त्रण बाहिर नगएको बताएका हुन्। ‘सरकारले काम गरिरहेको छ। स्वास्थ्य मन्त्रालय अझै सक्रिय रहेको छ।’उनले भने।
डेंगुबाट विश्वका तीन अर्ब मानिस जोखिममा रहेको विश्व स्वास्थ्य संगठनकाे तथ्यांक रहेको भन्दै मन्त्री बासकाेटाले सरकारी प्रयासले मात्रै नियन्त्रण सम्भव नहुने बताए। तर पनि उपचारका स्रोत र साधन मिलाउने काम भइरहेको उनले दाबी गरे।
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !