डेंगु प्रभावित क्षेत्रका स्वास्थ्यर्मीलाई यथास्थितिमा काम गर्न निर्देशन
काठमाडौं : स्वास्थ्य मन्त्रालयले डेंगु प्रभावित जिल्लामा कार्यरत समायोजन भएका कर्मचारीलाई यथास्थानमै रहेर काम गर्न निर्देशन दिएको छ।
देशभर डेंगुको प्रकोप बढेपछि स्वास्थ्य मन्त्रालयले समायोजन भएका कर्मचारीलाई यथास्थानमै रहेर काम गर्न निर्देशन दिएको हो।
बुधबार बसेकाे मन्त्रालयको सचिवस्तरको बैठकले डेंगु प्रभावित क्षेत्रका स्वास्थ्यकर्मीलाई बिदा नदिने निर्णय समेत गरेको छ।
मन्त्रालयले सूचना जारी गर्दै प्रभावित क्षेत्रमा कार्यरत चिकित्सक एवं स्वास्थ्यर्मीहरुलाई प्रसूति, अध्ययन र किरियाबाहेकका विदा समेत नदिने जनाएको छ।
स्वास्थ्य मन्त्रालयले सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य सेवा विभाग, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, औषधि व्यवस्था विभाग र सबै स्थानीय तहलाई पत्राचार गर्दै यस्ताे निर्देशन दिएको हो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण