‘संकटकाल आवश्यक छैन, डेंगु नियन्त्रणकाे प्रयास जारी छ’
काठमाडौं : सरकारले डेंगु रोग नियन्त्रणका लागि संकटकाल घोषणा गर्न आवश्यक नरहेको बताएको छ। संकटकाल घोषणा गरी डेंगु नियन्त्रण अभियान चलाउन संसदमा समेत माग उठेका वेला स्वास्थ्य मन्त्रालयले आत्तिनुपर्ने अवस्था नआइसकेकाे रहेको प्रतिक्रिया दिएको हो ।
मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले डेंगुको महामारीको अवस्था नरहेकाे र संकटकालकाे कुरा उठाएर जनतालाई त्रासमा नराख्न आग्रह गरे। भूगोलका हिसाबले धेरै ठाउँमा डेंगु भेटिए पनि महामारीको अवस्था नरहेको श्रेष्ठले बताए। उनले डेंगु रोग नियन्त्रणका लागि सरकारले सबै प्रयास गरिरहेको दाबी गरे।
काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लामा डेंगुको संक्रमणले ६ जनाको मृत्यु भइसकेको छ भने सयाैँ संक्रमित छन्। पहिले तराईका जिल्लामा मात्रै भेटिने डेंगुका बिरामी पहाडी जिल्ला हुँदै हिमाली जिल्लामासमेत भेटिएपछि आम नागरिक त्रसित छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित