प्रदेश २ मा डेंगुले एकको मृत्यु, ७३ जना संक्रमित
महोत्तरी : प्रदेश २ मा डेंगुको संक्रमणबाट एक जनाको मृत्यु भएको छ भने ७३ जना सङ्क्रमित भएका छन्।
सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका–११ का ३१ वर्षीय रामनारायण मण्डलको डेंगु को सङ्क्रमणबाट मृत्य भएको प्रदेश २ स्वास्थ्य निर्देशनालयले जनाएको हो।
प्रदेशका महोत्तरीसहितका आठ जिल्लामा बिहीबार बिहानसम्म ७३ जनामा डेंगु संक्रमण भेटिएको निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए।
प्रदेशमा सबैभन्दा बढी बारा र पर्सामा गरी ३९ मा डेंगु संक्रमण भेटिएको निर्देशनालयले जनाएको छ। त्यसैगरी सिरहामा १५, रौतहट र सप्तरीमा सात\सात, महोत्तरीमा तीन र धनुषामा एक जनामा डेंगु सङ्क्रमण फेला परेको वरिष्ठ स्वास्थ्य प्रशासक झाले बताए।
बुधबार बिहानसम्म १६ जनामा डेंगुको सङ्क्रमण देखिएको थियो भने दिउँसो सो सङ्ख्या २५ र अबेर रातिसम्म ७३ पुगेको हो। प्रदेशका सबै जिल्लामा डेंगुविरुद्ध सचेतना र विशेष सरसफाइ कार्यक्रम चलाइएका छन्। संक्रमित सबैको पायक पर्ने अस्पतालमा उपचार भइरहेको झाले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण