आन्दोलनका कार्यक्रम फिर्ता लिन अनुरोध गर्दै सीएमसीले निकाल्याे विज्ञप्ति
चितवन: चितवन मेडिकल कलेजले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनरत कलेजका विद्यार्थीलाई आन्दोलनका सबै कार्यक्रम फिर्ता लिन अनुरोध गरेको छ ।
कलेजले जारी गरेको प्रेस विज्ञप्तिमा आन्दोलनका सबै कार्यक्रम फिर्ता गरी पठनपाठनमा लाग्न अनुरोध गरिएको छ । विज्ञप्तिमा शिक्षा मन्त्रालय एवं त्रिभुवन विश्वविद्यालयको निर्देशन पूर्ण रुपमा पालना गरिने पनि उल्लेख छ ।
यसैगरी कलेज प्रशासनले आन्दोलनका नाममा कलेजका प्रमुख सञ्चालक तथा अन्य सञ्चालकहरु माथि निम्नस्तरको गाली गलौज र धम्की दिने गरेकोमा भने आपत्ति जनाएको छ । आन्दोलनका नाममा स्वास्थ्य सेवा प्रवाह गर्ने अस्पतालमा होहल्ला गर्ने, सेवा प्रवाहमा बाधा व्यवधान खडा गर्ने जस्ता काम तत्काल रोकिनुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा त्रिभुवन विश्वविद्यालयले बनाएका नीति नियम र शुल्कलाई कलेजले पूर्णपालना गर्ने प्रतिवद्धता समेत जनाइएको छ । कलेज सम्बन्धित मागमा वार्ता र संवादबाट समस्याको समाधान निकाल्न तयार भएको विज्ञप्तिमा उल्लेख छ ।
विभिन्न माग राखेर आन्दोलन गरिरहेका चितवन मेडिकल कलेजमा अध्ययनरत छात्र प्रकाश चन्दसहित १७ जना विद्यार्थी बुधबार बिहान पक्राउ परेपछि कलेजले विज्ञप्ति निकालेर आन्दोलन फिर्ता लिन आग्रह गरेको हो ।
विज्ञप्ति:
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा