Health TV Online
Health TV Online
Health TV Online

आन्दोलनका कार्यक्रम फिर्ता लिन अनुरोध गर्दै सीएमसीले निकाल्याे विज्ञप्ति

आन्दोलनका कार्यक्रम फिर्ता लिन अनुरोध गर्दै सीएमसीले निकाल्याे विज्ञप्ति

चितवन: चितवन मेडिकल कलेजले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनरत कलेजका विद्यार्थीलाई आन्दोलनका सबै कार्यक्रम फिर्ता लिन अनुरोध गरेको छ ।

कलेजले जारी गरेको प्रेस विज्ञप्तिमा आन्दोलनका सबै कार्यक्रम फिर्ता गरी पठनपाठनमा लाग्न अनुरोध गरिएको छ । विज्ञप्तिमा शिक्षा मन्त्रालय एवं त्रिभुवन विश्वविद्यालयको निर्देशन पूर्ण रुपमा पालना गरिने पनि उल्लेख छ ।

यसैगरी कलेज प्रशासनले आन्दोलनका नाममा कलेजका प्रमुख सञ्चालक तथा अन्य सञ्चालकहरु माथि निम्नस्तरको गाली गलौज र धम्की दिने गरेकोमा भने आपत्ति जनाएको छ । आन्दोलनका नाममा स्वास्थ्य सेवा प्रवाह गर्ने अस्पतालमा होहल्ला गर्ने, सेवा प्रवाहमा बाधा व्यवधान खडा गर्ने जस्ता काम तत्काल रोकिनुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा त्रिभुवन विश्वविद्यालयले बनाएका नीति नियम र शुल्कलाई कलेजले पूर्णपालना गर्ने प्रतिवद्धता समेत जनाइएको छ । कलेज सम्बन्धित मागमा वार्ता र संवादबाट समस्याको समाधान निकाल्न तयार भएको विज्ञप्तिमा उल्लेख छ ।

विभिन्न माग राखेर आन्दोलन गरिरहेका चितवन मेडिकल कलेजमा अध्ययनरत छात्र  प्रकाश चन्दसहित १७ जना विद्यार्थी बुधबार बिहान पक्राउ परेपछि कलेजले विज्ञप्ति निकालेर आन्दोलन फिर्ता लिन आग्रह गरेको हो ।

 विज्ञप्ति:

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार