लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान शुरु
बाँके : डेंगु संक्रमण फैलिन नदिन जिल्लामा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान शुरु गरिएको छ।
भेरी अस्पताल नेपालगञ्जमा उपचारका लागि आएका सात जनामा डेंगु रोगको संक्रमण देखिएपछि जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहअन्तर्गतका स्वास्थ्य शाखाले लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरेका हुन्।
भेरी अस्पतालमा आएका सात जनामा डेंगुको संक्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रूपानन्द अधिकारीले जानकारी दिए। उनका अनुसार बाँकेमा हालसम्म डेंगुबाट सङ्क्रमित सात जनामध्ये एकजना बाँकेका र छ जना बाहिरी जिल्लाका हुन्।
खजुरा गाउँपालिकाले वडा नम्बर ३ र ४ का बजार क्षेत्रलाई लक्ष्य गरी अभियान शुरु गरेको छ। अभियानअन्तर्गत वडाका प्रत्येक टोल–टोलमा पुगेर लामखुट्टेको लार्भा नष्ट गर्नुका साथै सर्वसाधारणमा सचेतना जगाइने गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख पूर्ण खड्काले बताए।
गाउँपालिका उपाध्यक्ष एकमाया विकका अनुसार यो अभियानमा दुईवटा वडाका ३३ महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण