लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान शुरु
बाँके : डेंगु संक्रमण फैलिन नदिन जिल्लामा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान शुरु गरिएको छ।
भेरी अस्पताल नेपालगञ्जमा उपचारका लागि आएका सात जनामा डेंगु रोगको संक्रमण देखिएपछि जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहअन्तर्गतका स्वास्थ्य शाखाले लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरेका हुन्।
भेरी अस्पतालमा आएका सात जनामा डेंगुको संक्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रूपानन्द अधिकारीले जानकारी दिए। उनका अनुसार बाँकेमा हालसम्म डेंगुबाट सङ्क्रमित सात जनामध्ये एकजना बाँकेका र छ जना बाहिरी जिल्लाका हुन्।
खजुरा गाउँपालिकाले वडा नम्बर ३ र ४ का बजार क्षेत्रलाई लक्ष्य गरी अभियान शुरु गरेको छ। अभियानअन्तर्गत वडाका प्रत्येक टोल–टोलमा पुगेर लामखुट्टेको लार्भा नष्ट गर्नुका साथै सर्वसाधारणमा सचेतना जगाइने गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख पूर्ण खड्काले बताए।
गाउँपालिका उपाध्यक्ष एकमाया विकका अनुसार यो अभियानमा दुईवटा वडाका ३३ महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा