भक्तपुरमा एक सातामा ९९ जनालाई डेंगु
भक्तपुर : जिल्लामा एक सातामा ९९ जनालाई डेंगु संक्रमण भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अधिकृत पार्थमणि न्यौपानेले भक्तपुरमा बुधबार बिहानसम्ममा ९९ जना बिरामीमा डेंगु संक्रमण भएको पाइएको बताएका हुन्।
भक्तपुर नगरपालिका क्षेत्रमा मात्रै ४० जना संक्रमित फेला परिसकेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए। नगरपालिका क्षेत्रभित्रका ३७ र यहाँ आएका अन्य क्षेत्रका तीनजना गरी ४० जनामा डेंगु पाइएको उनको दाबी छ।
नगरपालिकाले रोग नियन्त्रणसम्बन्धी वडा र विद्यालयमा अभिमुखीकरण कार्यक्रम गरिरहेको उनले जानकारी दिए। घरदैलो नर्सिङ सेवामार्फत सचेतना कार्यक्रम सञ्चालन गरिरहेको नगरप्रमुख प्रजापतिको भनाइ छ।
सूर्यविनायक, चाँगुनारायण नगरपालिकामापनि डेंगुबारे जनचेतना कार्यक्रम सञ्चालन भइरहेको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण