भक्तपुरमा एक सातामा ९९ जनालाई डेंगु
भक्तपुर : जिल्लामा एक सातामा ९९ जनालाई डेंगु संक्रमण भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अधिकृत पार्थमणि न्यौपानेले भक्तपुरमा बुधबार बिहानसम्ममा ९९ जना बिरामीमा डेंगु संक्रमण भएको पाइएको बताएका हुन्।
भक्तपुर नगरपालिका क्षेत्रमा मात्रै ४० जना संक्रमित फेला परिसकेको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए। नगरपालिका क्षेत्रभित्रका ३७ र यहाँ आएका अन्य क्षेत्रका तीनजना गरी ४० जनामा डेंगु पाइएको उनको दाबी छ।
नगरपालिकाले रोग नियन्त्रणसम्बन्धी वडा र विद्यालयमा अभिमुखीकरण कार्यक्रम गरिरहेको उनले जानकारी दिए। घरदैलो नर्सिङ सेवामार्फत सचेतना कार्यक्रम सञ्चालन गरिरहेको नगरप्रमुख प्रजापतिको भनाइ छ।
सूर्यविनायक, चाँगुनारायण नगरपालिकामापनि डेंगुबारे जनचेतना कार्यक्रम सञ्चालन भइरहेको छ।
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !