सिंगापुरमा राखिएकाे मुटुकाे ‘क्याथेटर’ शिक्षण अस्पतालमा निकालियाे
काठमाडौं : सिंगापुरमा राखिएको प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुको ‘क्याथेटर’ त्रिवि शिक्षण अस्पतालमा निकालिएको छ। मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका डाक्टरहरूले बुधबार बिहान प्रधानमन्त्रीको मुटुमा रहेको क्याथेटर निकालेका हुन्।
सिंगापुरमा ‘प्लाज्मा फेरोसिस’ गर्दा प्रधानमन्त्री ओलीको मुटुमा राखिएको क्याथेटर निकालिएको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अरुण सायमीले जानकारी दिए। प्रधानमन्त्रीलाई अहिले अन्य केही समस्या नरहेको उनले बताए।
१० वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली हालै सिंगापुरमा उपचार गराउन पुगेका थिए। मिर्गौलामा एन्टीबडीको मात्रा बढेपछि त्यहाँ प्लाज्मा फेरेसिस विधिबाट उनको उपचार गरिएको थियो ।
नियमित स्वास्थ्य जाँचपछि प्रधानमन्त्री केपी शर्मा ओली शिक्षण अस्पतालबाट बालुवाटार फर्किएका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण