Health TV Online
Health TV Online
Health TV Online

आन्दोलनरत चितवन मेडिकल कलेजका विद्यार्थी पक्राउ

आन्दोलनरत चितवन मेडिकल कलेजका विद्यार्थी पक्राउ

चितवन : चितवन मेडिकल कलेज (सीएमसी) मा आन्दोलनरत १० भन्दा बढी विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियमविपरित शुल्क लिएको विरोधमा चितवन मेडिकल कलेजमा जारी आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको हो।

आन्दोलनका कारण अस्पतालको सेवा प्रभावित भएको भन्दै अस्पतालले पत्राचार गरेपछि विद्यार्थीरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी शालिग्राम शर्माले बताए।

उनका अनुसार पक्राउ पर्नेमा सोही मेडिकल कलेजमा अध्ययनरत तथा विद्यार्थी संर्घष समितिका अध्यक्ष समेत रहेका प्रकाश चन्दसहित १० बढी विद्यार्थी छन्।

सरकारले तोकेको अधिकतम शुल्कबाहेक नै विभिन्न बहानामा शुल्क असुली गरेको भन्दै कलेजका विद्यार्थीले केहीदिन यता आन्दोलन गर्दै आएका थिए।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार