संखुवासभामा १० जनालाई डेंगु संक्रमण
संखुवासभा : खाँदबारी नगरपालिका–९ तुम्लिङटार विमानस्थल क्षेत्रमा ६ जना डेंगु संक्रमित भेटिएका छन्। योसहित डेंगु संक्रमित बिरामी १० पुगेको जिल्ला स्वास्थ्य कर्यालयले जनाएको छ।
यसअघि सदरमुकाम खाँदबारीमा एक, मानेभञ्ज्याङमा एक र चैनपुरमा दुई जनामा डेंगु देखा परेको थियो। तुम्लिङटारमा पहिलो पटक डेंगु देखिएको स्वास्थ्य कार्यालय प्रमुख रमेश बाह्रकोटीले जानकारी दिए।
जिल्ला अस्पतालका अनुसार केही समयअघि जिल्ला अस्पतालमा जाँच गर्न आएका एक जनामा डेंगुको शंका लागेर नमुना स्वास्थ्य मन्त्रालयमा पठाइएको थियो। नमुनाको आधारमा डेंगु लागेको पुष्टि भएको हो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण