प्रधानमन्त्री ओली स्वास्थ्य जाँचका लागि बिहानै पुगे मनमोहन सेन्टरमा
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँचका लागि बुधबार बिहान त्रिवि शिक्षण परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका छन्।
प्रधानमन्त्री ओली नियमित स्वास्थ्य जाँचका लागि बुधबार बिहानै महाराजञ्जस्थित मनमोहन सेन्टरमा पुगेका हुन्। स्रोतका अनुसार सिंगापुरबाट फर्केपछिको केही फलोअपका लागि उनी त्यहाँ पुगेका हुन्। केही दिन अघिमात्र सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा प्लाज्मा फेरिसिस प्रक्रियामार्फत उपचार गराई उनी स्वदेश फर्किएका थिए।
उनको १२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरिएको थियो। स्रोतका अनुसार केही महिना यता उनको प्रत्यारोपण गरेको मिर्गौलामा केही समस्या आइरहेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण