माैसमी ज्वराेका बिरामीले भरिए स्वास्थ्य संस्था
सल्यान : जिल्लामा मौसमी ज्वरोको बिरामी बढ्न थालेका छन्। मौसमी ज्वरोको प्रकोप गाउँघरसम्मै फैलिएपछि स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको छ।
भाइरल ज्वरोका बिरामी बढेपछि जिल्ला अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको अस्पतालका डा. प्रदीप शर्माले बताए। अस्पताल आउने अधिकांश बिरामीमा ज्वरो आउने, टाउको दुख्ने, हातखुट्टा दुख्ने र रुघाखोकी लाग्ने लक्षण देखिने गरेको उनले बताए। अस्पतालमा दैनिक ४० देखि ५० जना मौसमी ज्वरोको बिरामी आउने गरेका छन्।
‘जिल्ला अस्पताल सल्यानमा सामान्य अवस्थामा तीनदेखि पाँच जना ज्वरोका बिरामी आउँछन्। तर केही दिनदेखि ३० देखि ४० जना बिरामी आउन थालेका छन्’, डा. शर्माले भने।
अहिले मौसम परिवर्तनको समय भएकाले ज्वरोका बिरामी जिल्लाभरि नै बढेको डा. शर्माको भनाइ छ। भाइरल ज्वरो तथा रुघाखोकी पाँचदेखि सात दिनमा आफैँ निको हुने भए पनि कहिलेकाहीँ जोखिमसमेत हुनसक्ने भएकाले सरसफाइमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरू बताउँछन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण