धादिङमा आत्महत्याविरूद्ध अभियान
धादिङ : जिल्लामा बर्सेनि आत्महत्याका घटना बढेपछि रोकथाम अभियान शुरु गरिएको छ।
विश्व आत्महत्या रोकथाम दिवस पारेर मंगलबार यो अभियान शुरु गरिएको हो। जिल्ला प्रहरी कार्यालय र सहयात्री समाजले नीलकण्ठ क्याम्पसबाट यो अभियान शुरु गरेको हो।
जिल्लामा विगत चार वर्षको तथ्यांकमा आत्महत्या गर्नेको संख्या बढेको देखिन्छ। आर्थिक वर्ष २०७२\७३ मा ६३, २०७३\७४ मा ७५, २०७४\७५ मा ९२ र २०७५\७६ मा ९४ ले आत्महत्या गरेका प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए।
प्रहरीको तथ्याङ्कअनुसार याे अवधिमा आत्महत्या गरेका ३२४ मध्ये पुरुष १८५ र महिला १३९ थि । तीमध्ये विवाहपछि आत्महत्या गर्ने ३०६ र अविवाहित अवस्थामै आत्महत्या गर्ने १८ थिए।
झुण्डिएर २१९, विष सेवन गरेर १०३ र अन्य कारणले दुई जनाले आत्महत्या गरेको प्रहरीले जनाएकाे छ।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा