धादिङमा आत्महत्याविरूद्ध अभियान
धादिङ : जिल्लामा बर्सेनि आत्महत्याका घटना बढेपछि रोकथाम अभियान शुरु गरिएको छ।
विश्व आत्महत्या रोकथाम दिवस पारेर मंगलबार यो अभियान शुरु गरिएको हो। जिल्ला प्रहरी कार्यालय र सहयात्री समाजले नीलकण्ठ क्याम्पसबाट यो अभियान शुरु गरेको हो।
जिल्लामा विगत चार वर्षको तथ्यांकमा आत्महत्या गर्नेको संख्या बढेको देखिन्छ। आर्थिक वर्ष २०७२\७३ मा ६३, २०७३\७४ मा ७५, २०७४\७५ मा ९२ र २०७५\७६ मा ९४ ले आत्महत्या गरेका प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए।
प्रहरीको तथ्याङ्कअनुसार याे अवधिमा आत्महत्या गरेका ३२४ मध्ये पुरुष १८५ र महिला १३९ थि । तीमध्ये विवाहपछि आत्महत्या गर्ने ३०६ र अविवाहित अवस्थामै आत्महत्या गर्ने १८ थिए।
झुण्डिएर २१९, विष सेवन गरेर १०३ र अन्य कारणले दुई जनाले आत्महत्या गरेको प्रहरीले जनाएकाे छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित