ललितपुरमा २० जनालाई डेंगु
ललितपुर : जिल्लाका विभिन्न अस्पतालमा अहिले डेंगु लागेका ६५ बिरामी उपचाररत छन्। यीमध्ये २० जना ललितपुरकै रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
स्वास्थ्य कार्यालयले सोमबार सरोकारवालासँग डेंगु नियन्त्रणका विषयमा छलफल चलाएको छ। डेंगु लाग्दैमा बिरामीको मृत्यु भइहाल्छ भन्ने भ्रम फैलिएकाले वास्तविक कुरा बुझाउन कार्यक्रम आयोजना गरिएको कार्यालय प्रमुख खगेश्वर गेलालले बताए। भ्रमका कारण बिरामी त्रासमा रहेको स्वास्थ्यकर्मीले बताएका छन्।
ललितपुरमा शुरुमा धापाखेलस्थित जेम्स स्कुलका एक विद्यार्थीलाई डेंगु संक्रमण देखिएको थियो। तर पनि काठमाडौंको तुलनामा ललितपुरमा संक्रमितको संख्या न्यून रहेकाे बताइएकाे छ।
ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकामा डेंगुका बिरामी देखिएका छन्। गोदावरी नगरपालिकाले बिरामीबारे रिपोर्ट नभएको जनाएको छ।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा