डेंगुकाे त्रास : चितवनका अस्पताल पनि भरिभराउ
भरतपुर : भरतपुर अस्पतालमा सोमबार मात्र ओपीडीमा १६ सय ५० भन्दा बढी बिरामी उपचारका लागि आए। आकस्मिक कक्षमा २४३ जनाले जँचाए। उनीहरूमध्ये आधाभन्दा बढी डेंगुको आशंकामा उपचार गराउन आएका थिए।
मेडिकल विभागको ओडीपीमा ५ जना कन्सल्ट्यान्ट र ३ जना मेडिकल अफिसरलाई बिरामी जाँच्न भ्याइनभ्याइ छ। विभागका प्रमुख डा. प्रकाश खतिवडाले अस्पतालमा ज्वरो र डेंगुका बिरामी अधिक आउने गरेको बताए।
६ सय शय्या क्षमताको अस्पतालमा कुनै पनि शय्या खाली छैन। अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार अस्पतालले बिरामीको चाप थेग्न सक्ने अवस्था नै छैन।
भरतपुर मात्र होइन, जिल्लाका दुई मेडिकल कलेज र निजी अस्पतालहरूमा डेंगु परीक्षण र उपचार गराउन पुग्नेहरूको संख्या ठूलो छ। चितवन मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्सालले दैनिक ५/६ सयसम्म भाइरल ज्वरो र डेंगुका बिरामी उपचारका लागि आउने गरेको जानकारी दिए।
भरतपुर मेडिकल कलेजमा पनि ज्वरोका बिरामी दैनिक औसत दुई सय आउने गरेका छन् । निजी अस्पतालहरूमा समेत बिरामीहरूको अत्यधिक चाप छ।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा