सर्पदंश उपचार केन्द्रलाई उपकरण
महोत्तरी : बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा उपकरण थपिएपछि जटिल प्रकृतिका बिरामीको उपचार सहज बनेको छ।
पछिल्लोपटक विपद् व्यवस्थापन र अन्य सामाजिक गतिविधिमा सरिक रहँदै आएको इन्हुरेड इन्टरनेसनल संस्थाले हाइभ्याकुम सक्सेन यन्त्र केन्द्रलाई उपलब्ध गराएको छ। सो उपकरणबाट बिरामीको घाँटीमा बसेको कफ र फिज हटाउन सकिने सर्पदंश उपचार केन्द्रका अध्यक्ष कृष्ण देवकोटाले बताए। सर्पले टोकेका बिरामीलाई घाँटीमा बस्ने कफ र मुखबाट निस्किने फिँजले निकै गाह्रो पर्ने गरेकाे थियाे।
यस्ता जटिल प्रकृतिका बिरामीलाई अब अन्यत्र सिफारिस गर्नुपर्ने अवस्था अन्त्य भएको केन्द्रले जनाएको छ सीमित साधन स्रोतभित्र पनि बिरामीको सेवा र उपचारमा केन्द्रले देखाउँदै तत्परता र समर्पण भाव देखेर अहिले तत्काल हाइभ्याकुम सक्सेन यन्त्र उपलब्ध गराइएको इन्हुरेड इन्टरनेशनलका महासचिव बीपी अधिकारीले जानकारी दिए। केन्द्रलाई अब जटिल प्रकृतिका बिरामीको उपचारमा भेन्टिलेटरको आवश्यकता रहेको केन्द्रका अध्यक्ष देवकोटाले बताए।
२०७१ साउन ३१ गते स्थापना भएको केन्द्रमा हालसम्म तीन हजारभन्दा बढीले उपचार पाएका छन । जिल्लाका बर्दिवास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्र सर्पदंशका घटना धेरै हुने ठाउँ हुन्। यसबाहेक छिमेकको धनुषा जिल्लाको मिथिला, सर्लाहीको ईश्वरपुर र सिन्धुलीको कमलामाई र दुधौली नगरपालिका बर्दिवासँगै साध जोडिएका हुँदा ती क्षेत्रबाट पनि सर्पदंशका बिरामी यहाँ आउने गरेका छन्।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा