भरतपुर अस्पतालका कर्मचारी आन्दोलित
चितवन : भरतपुर अस्पतालका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्। अस्पताल विकास समिति कर्मचारी युनियनले सोमबार पत्रकार सम्मेलन गरी प्रशासनविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।
कर्मचारीहरूले विभिन्न ११ बुँदे माग राखेका छन्। कर्मचारीको जायज मागबारे पटकपटक ध्यानाकर्षण गराउँदा पनि अस्पताल प्रसासनले आनाकानी गरेकाले आन्दोलनमा उत्रिएको युनियनका अध्यक्ष चन्द्रमणि बस्यालले बताए। युनियनले विगत ५५ दिनदेखि विना करार नविकरण र विनातलब कार्य गराउँदा प्रशासन गैह्र जिम्मेवार बनेको, डेंगु लगायतका प्रकोप नियन्त्रण तथा उपचारमा खटिएका कर्मचारीको मनोबल कमजोर बनाउने कार्य गरेको लगायतका विभिन्न आरोप पनि लगाएका छन्।
युनियनले सम्पूर्ण कर्मचारीको असरा मसान्तपछि रोकिएको करार नवीकरण गरी स्केल अनुसार तलब दिनुपर्ने, सुत्केरी तथा दुर्घटनाको अवस्थामा नियमअनुसार विदा दिनुपर्नेलगायत माग गरेका छन्।
उनीहरूले भदौ २४ देखि २७ गतेसम्मका विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा