मन्त्री खनाल अस्पतालबाट ‘डिस्चार्ज’
काठमाडौं : कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाल अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन्।
ग्रान्डी अस्पतालले सोमबार प्रेस विज्ञप्ति निकालेर स्वास्थ्यमा सुधार आएपछि मन्त्री खनाललाई डिस्चार्ज गरेको जानकारी दिएको हो। उनलाई डेंगु संक्रमण भएकाे पत्ता लागेपछि मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेको नेतृत्वमा डा. विनय रेग्मी, डा. प्रजोल श्रेष्ठ, डा. प्रभात अधिकारी र डा. सुभाषप्रसाद आचार्यलगायतको टिम बनाएर ६ दिनसम्म उपचार गरेको अस्पतालले जनाएको छ।
मन्त्री खनालका प्रेस सल्लाहकार बोमलाल गिरीले उनलाई चिकित्सकले अझ केही दिन आराम गर्न सुझाव दिएकाले अहिले नियमित काममा नफर्की आराम गर्ने बताए।
डेंगु संक्रमण देखिएपछि गत भदौ १८ गते उनी अस्पताल भर्ना भएका थिए।
अस्पातालद्वारा प्रेषित प्रेस विज्ञप्ति—
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा