कञ्चनपुरमा पाँचजनालाई डेंगु
कञ्चनपुर : डेंगुको भाइरसबाट कञ्चनपुरमा पाँच जना प्रभावित भएका छन्।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीका अनुसार डेंगुको भाइरसबाट वेदकोटमा तीन, कृष्णपुर नगरपालिकामा एक र महाकाली अञ्चल अस्पतालमा उपचारका लागि पुगेका एक गरी पाँच जना प्रभावित भएको पाइएको छ।
वेदकोटका तीन जनाको निकटवर्ती भारतीय निजी अस्पताल र कृष्णपुरका एक जनाको सेती अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको निरीक्षक जोशीले बताए। महाकाली अञ्चल अस्पतालमा एक जनाको उपचार भइरहेको छ।
शहरी क्षेत्रमा मात्रै बढी देखिने डेंगु ग्रामीण क्षेत्रमा देखिन थालेको उनले बताए। भारतबाट काम गरी फर्केकामा डेंगुको संक्रमण बढी देखिएको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित