गण्डकी प्रदेश सांसद दवाडीलाई डेंगु
पोखरा : गण्डकी प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीलाई डेंगु संक्रमण भएको छ।
गोरखा क्षेत्र २ ख बाट निर्वाचित सांसद दवाडीलाई डेंगु देखिएको पारिवारक स्रोतले जनाएको छ। दवाडी ज्वरोको कारण विगत तीन दिन देखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत छन्।
गण्डकी प्रदेशको राजधानी डेंगुको उच्च जोखिममा छ। कास्कीसँगै स्याङ्जा, तनहुँ पनि जोखिममा छन्। पर्वत, म्याग्दी लगायतका जिल्लामा पनि डेंगु संक्रमण रहेको स्वास्थ्य निर्देशनालयले जनाएकाे छ।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा