अस्पतालमा भाइरल ज्वरोको बिरामीकाे चाप
सल्यान : जिल्लामा भाइरल ज्वरोको बिरामी बढेका छन्। मौसममा आएको परिवर्तनसँगै भाइरल ज्वरो र रुघाखोकीकाे समस्या देखिएपछि स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको छ।
सल्यान अस्पताल सल्यानका अनुसार केही दिनयता बिरामीको चाप बढेको छ। तीमध्ये अधिकांश बिरामी भाइरल ज्वरो तथा रुघाखोकीका छन्। अस्पतालमा जाँच गराउन आउने बिरामीमा दैनिक ४० देखि ५० जनासम्म भाइरल ज्वरोको रहेको सल्यान जिल्ला अस्पताल सल्यानले जनाएको छ।
ज्वरोबाट प्रभावित बिरामीमध्ये अधिकांशको जिल्ला अस्पतालमै उपचार गरिएको छ भने जिल्लामा उपचार सम्भव नभएकालाई भने रिफर गरिएको अस्पतालका डा. प्रदीप शर्माले जानकारी दिए।
समयमै भाइरल ज्वरोको पहिचान भए जिल्लामै उपचार सम्भव भएको र पर्याप्त मात्रमा औषधी रहेको अस्पतालले जनाएको छ।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा