मुस्ताङकाे लोमान्थाङमा पनि पुग्याे लामखुट्टे
मुस्ताङ : लोमान्थाङमा लामखुट्टे देखा पर्न थालेको छ। समुन्द्री सतहदेखि ३८ सय मिटर उचाइमा पर्ने चिसो उपत्यकामा पनि लामखुट्टे देखिन थालेको हो।
यसपालिदेखि यहाँ लामखुट्टे देखिन थालेको स्थानीयले बताए। मोटर आएसँगै लोमान्थाङमा लामखुट्टे देखिन थालेको उनीहरूको तर्क छ।
मुस्ताङको सदरमुकाम जोमसोममा २०५३ सालमा पहिलो पटक लामखुट्टे देखिएको बताइन्छ। अहिले जोमसोममा लामखुट्टे देखिनु सामान्य भएको छ। तर, लोमान्थाङमा नै लामखुट्टे देखिनुलाई विज्ञहरूले आश्चर्य मानेका छन्।
पछिल्लो सममा सवारी साधन बेनी, पोखरा हुँदै एकैदिनमा मुस्ताङ पुग्छन्। गाडीको सिटमुनि रहेका लामखुट्टे सोझै लोमान्थाङसम्म पुगेको हुन सक्ने अनुमान छ।
हिमालपारिको जिल्ला मुस्ताङ ‘स्याडो रेन’ जोनको ररूपमा चिनिन्छ। तर, पछिल्ला वर्षहरूमा बढी पानी पर्न थालेको स्थानीयले बताएका छन्।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा