२२ हप्तामा जन्मियाे बच्चा, उपचारमा कठिनाइ
सोलुखुम्बु : थुलुङ दूधकोशी गाउँपालिका–५ की एक महिलाले २२ हप्तामै शिशु जन्माएकी छिन्। २० वर्षीया सुष्मा बस्नेतले गर्भ बसेको २२ हप्तामै शिशु जन्माएकी हुन्।
शुक्रबार बिहान जिल्ला अस्पताल फाप्लुमा बच्चा जन्माएको अस्पतालका प्रमुख डा. रमिन महर्जनले जानकारी दिए। जन्मिँदा ९०० ग्राम मात्र तौल रहेको र गर्भावस्थाको उमेर नपुग्दै जन्मेकाले बच्चालाई अहिले एनआईसीयूमा अक्सिजन, स्लाइन दिएर राखिएको छ।
बच्चाको फोक्सोलगायत अंगको विकास नभइसकेकाले एनआईसीयूमा राखिएको अस्पतालले जनाएको छ। शनिबारसम्ममा शिशुको एक सय ग्राम तौल वृद्धि भइसकेको स्वास्थ्यकर्मीले बताएका छन्। ‘जिल्लामा बाल विशेषज्ञ छैनन्।
आमाको स्वास्थ्य सामान्य रहेको र डिस्चार्ज भइसकेको डा. महर्जनले बताए। बच्चालाई काठमाडौं लैजान परिवारको आर्थिक अवस्था कमजोर रहेकाले जिल्लामै उपचार गरिरहेको चिकित्सकले बताएका छन्।
प्रतीकात्मक तस्विर





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित