एम्बुलेन्स पल्टिँदा महिलाकाे मृत्यु
महोत्तरी : आपसी झगडामा घाइते भएका छोरालाई उपचारका लागि अस्पताल ल्याउन लागेकी आमाको एम्बुलेन्स दुर्घटनामा परी ज्यान गएको छ।
महोत्तरीको बर्दिवास–३ पाटुका दाजुभाइ २१ वर्षीय गंगा वादी र १८ वर्षीय उमेश वादी आपसी झगडामा घाइते भएपछि उनीहरूलाई लिएर अस्पताल आउँदै गरेकी ५० वर्षीया तारा वादीको एम्बुलेन्स पल्टिँदा मृत्यु भएको हो।
बा २ च ४४४१ नम्बरको एम्बुलेन्स शनिबार साँझ ८ बजेतिर बीपी राजमार्गको बर्दिवास–३ गौरीडाँडामा पल्टिँदा पैदलयात्री धनुषा जिल्लाको मिथिला नगरपालिका–४ का २१ वर्षीय रोशन बराइली, मृतकका दुवै छोरा र एम्बुलेन्स चालक बर्दिवास–३ का चित्रबहादुर बुढाथोकी घाइते भएका छन्।
घटनालगत्तै प्रहरीले उद्धार गरी बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पताल पुर्याएकाे थियाे। अस्पतालले तारालाई चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ।
घाइतेमध्ये पैदलयात्री रसाइलीको दाँया खुट्टा भाँच्चिएको छ। चालक बुढाथोकीको अनुहारमा चोट लागेको छ। वादी दुवै दाजुभाइकाे हातगोडामा सामान्य चोट लागेको छ। घाइते सबैको शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक अशोककुमार साहले जानकारी दिए।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित