डेंगु संक्रमणले बुटवलमा एक जनाको मृत्यु
रूपन्देही : डेंगुको सङ्क्रमणबाट बुटवलमा एक जनाको मृत्यु भएको छ।
कपिलवस्तुको वाणगङ्गा नगरपालिका–७ मोतिपुर निवासी ६१ वर्षीया सावित्रा आचार्यको उपचारको क्रममा आज मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा. कृष्ण खनालले जानकारी दिए।
आचार्यलाई लगातार ज्वरो आएपछि परीक्षण गराउदा डेंगुको संक्रमण भएकाे भेटिएको थियो। तीन दिनदेखि लुम्बिनी प्रादेशिक अस्पतालको सघन उपचार कक्षमा उपचार गरे पनि रगतमा प्लेटलेट्सको मात्रा नबढेपछि साँझ साढे ५ बजे उनकाे निधन भएको अस्पतालले जनाएको छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित