उपचार पूरा गरी प्रधानमन्त्री आज स्वदेश फर्किँदै
काठमाडौं : दुई साताको स्वास्थ्योपचारपछि प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्किँदै छन्।प्रधानमन्त्री ओली शुक्रबार मध्याह्न काठमाडौं आइपुग्ने उनका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए।
सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा प्रधानमन्त्री ओलीको ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलामा देखिएको ‘एन्टिबडी’ निराकरणको उपचार गरिएको थियो। बिहीबार प्लाज्मा फेरेसिसको सातौँ चरण पूरा गरिएको थियो।
प्रधानमन्त्री ओलीका साथमा श्रीमती राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत छन्। प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न सिंगापुर पुगेका नेकपाका उपाध्यक्ष वामदेव गौतम र महासचिव विष्णु पौडेल पनि फर्किँदै छन्।
मिर्गौलाको थप उपचारका लागि प्रधानमन्त्री ओली भदौ ५ गते सिंगापुर गएका थिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण