सुदूरपश्चिममा १२ जनालाई डेंगु, एकजनाकाे मृत्यु
डाेटी : सुदूरपश्चिम प्रदेशमा १२ जना जनालाई डेंगु संक्रमण भएको छ। डेंगु अहिले सुदूरपश्चिमका चार जिल्लामा देखापरेकाकाे सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ।
सबैभन्दा बढी दार्चुलामा पाँच बिरामी भेटिएका छन्। कैलालीमा चार, अछाममा एक, कञ्चनपुरमा एक र डोटीमा एक जनामा यो रोगको संक्रमण देखिएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ।
डेंगुका कारणडोटीमा एक जनाको मृत्यु भइसकेको छ। भदौ ५ गते दिपायल सिलगढी नगरपालिका–६ थाप्लाकी ४२ वर्षीया छत्र मलासीकोे मृत्यु भएको थियो। जिल्लामा डेंगु रोग देखापरेका बिरामीलाई उपचारका लागि काठमाडौं लगिएको जिल्ला अस्पताल डोटीका डा. गिरिष अवस्थीले जानकारी दिए।
डोटीलगायत अन्य जिल्लामा डेंगुका बिरामी फेला पर्न थालेपछि अहिले यहाँका स्थानीयवासीमा त्रास फैलिएको छ। रोग नियन्त्रणका लागि जिल्लाको दिपायल सिलगढी नगरपालिकाले नगरस्तरीय अभियान सञ्चालन गरेको छ।
बिहान र साँझको अस्ताउँदो घाममा डेंगु फैलाउने लामखुट्टेले टोक्ने भएकाले त्यतिबेला सावधानी अपनाउन स्वास्थ्यकर्मीले सल्लाह दिएका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण