कृषिमन्त्री खनाललाई डेंगु संक्रमण
काठमाडौं : कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनाललाई डेंगुको संक्रमण देखिएको छ।
ज्वरो आउने, टाउको दुख्ने समस्या देखिएपछि मन्त्री खनाल निदान हस्पिटल पुगेका थिए। हस्पिटलले डेंगु भएको आशंकामा उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ‘रेफर’ गरेको थियो
शुक्रराज अस्पतालमा रगत परीक्षण गराउँदा डेंगु भएको पुष्टि भएको मन्त्री खनालको निजी सचिवालयले जनाएको छ। उनलाई बुधबारदेखि ग्राण्डी अस्पतालमा भर्ना गरी उपचार शुरु गरिएको बताएको छ।
उनकाे स्वास्थ्य अहिले सामान्य रहेको सम्भवतः भोलि डिस्चार्ज हुने सचिवालयले जनाएकाे छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण