शिक्षण अस्पतालमा नाराबाजी गर्ने १५ विद्यार्थी पक्राउ
काठमाडौं : त्रिवि शिक्षण अस्पतालको इन्टिच्युट अफ मेडिसिन (आईओएम) मा प्रदर्शन गर्ने १५ विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बुधबार बिहान आईओएमको प्रवेशद्वार अगाडि नाराबाजी गरेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हाे।
मेडिकल शिक्षाका नाममा सरकारी मेडिकल कलेजहरूले नै ठगी गरेको भन्दै मेडिकल विद्यार्थीले आइतबार आईओएमको परीक्षा नियन्त्रण शाखा र डिनको कार्यालयमा तालाबन्दी गरेका थिए। आईओएमले परीक्षा नियन्त्रण शाखाको ताला खुलाएपछि बुधबार बिहान ९ बजे विद्यार्थीहरू पुनः तालाबन्दीका लागि आईओएम पुगेका थिए।
उनीहरुले आफूहरूको माग पुरा नभएसम्म एमबीबीएस, बीडीएस, नर्सिङ लगायतका मेडिकल शिक्षाका नयाँ भर्नाका लागि भदौ २१,२२ र २३ गते हुन लागेको प्रवेश परीक्षा हुन नदिने अडान राख्दै आएका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण