एमबीबीएस प्रवेश परीक्षा नहुने संकेत
काठमाडौं : विद्यार्थीहरूले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) र काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सेसमा लगाएको ताला तत्काल नखोल्ने भएपछि भदौ २१ गतेदेखि सञ्चालन हुने एमबीबीएस प्रवेश परीक्षा प्रभावित हुने भएको छ ।
चिकित्सा शिक्षा संघर्ष समिति र आईओएमका अधिकारीबीच मंगलबार भएको छलफल विनानिष्कर्ष टुंगिएपछि प्रवेश परीक्षा प्रभावित हुने भएको हो। संघर्ष समितिका प्रवक्ता सुजन कडरियाले चिकित्साशिक्षा ऐन कार्यान्वयन नभएसम्म परीक्षा हुन नदिने बताए ।
शिक्षा मन्त्रालयले भने वार्ताबाट समस्या समाधान गर्ने भन्दै संघर्ष समितिलाई ताला खोल्न आग्रह गर्दै आएको छ ।
ऐनविपरीत विभिन्न विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानले भर्ना प्रक्रिया सुरु गरेपछि विद्यार्थी आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले आइतबारदेखि आईओएम र काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सेसको डिन कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरूले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटनमा समेत तालाबन्दी गर्ने तयारी गरेका छन् ।
ऐनअनुसार विद्यार्थी सिट संख्या तथा शुल्क निर्धारण गर्ने, एकीकृत प्रवेश परीक्षा गर्नेलगायत काम चिकित्सा शिक्षा आयोगले गर्ने व्यवस्था छ। तर सरकारले आयोगकाे उपाध्यक्ष नियुक्तिमा ढिलाइ गरिरहेको छ। त्यसको फाइदा उठाउँदै विश्वविद्यालय र प्रतिष्ठानहरूले आफ्नो अनुकूलमा भर्ना गरिरहेका छन् ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण