घरमा सुत्केरी हुन नदिन गाउँपालिकाकाे यस्ताे कार्यक्रम
बाँके : डुडुवा गाउँपालिकामा घरमा बच्चा जन्माउने दर शून्य बनाइने भएको छ।
घरमै बच्चा जन्माउँदा आमा र बच्चाको जोखिम हुने भएकाले सबै महिलालाई स्वास्थ्य संस्थामा सुत्केरी हुने व्यवस्था मिलाई २०७८ सालसम्ममा घरमा बच्चा जन्माउने दर शून्यमा झार्ने लक्ष्य राखिएको गाउँपालिकाले जनाएकाे छ।
गाउँपालिकामा अहिले ९० प्रतिशत संस्थागत सुत्केरी भएको पाइएको छ भने बाँकी १० प्रतिशतलाई शून्यमा झारेर शतप्रतिशत बनाइने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले जानकारी दिए।
चालू आर्थिक वर्षमा परिवार नियोजन, खोप, आमा सुरक्षा कार्यक्रम र औलो रोग नियन्त्रणका लागि विशेष कार्यक्रम तय गरिएकाे गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिकामा रहेको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले शुरुकै वर्षदेखि स्वास्थ्य सेवा अभियान सञ्चालन गरेपछि स्वास्थ्य क्षेत्रमा सुधार आएको दाबी गरे।
अहिले निःशुल्क स्वास्थ्य प्रयोगशालामा बिरामीको चाप निकै बढेको र तत्काल रोगको पहिचान भई उपचार सेवा लिन सहज भएको उनको भनाइ छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण