Health TV Online
Health TV Online
Health TV Online

स्याङ्जामा पहिलो पटक एपेन्डिसाइटिस शल्यक्रिया

स्याङ्जामा पहिलो पटक एपेन्डिसाइटिस शल्यक्रिया

स्याङ्जा : जिल्ला अस्पतालमा पहिलो पटक एपेन्डिसाइटिसको शल्यक्रिया भएको छ।  पुतलीबजार नगरपालिका ५, नयाँबजारकी २६ वर्षीया माया रोकाको एपेन्डेक्टोमी शल्यक्रिया गरिएको हो।

सोमबार राति इमर्जेन्सीमा आएकी रोकाको मंगलबार बिहान शल्यक्रिया भएको हो। सर्जन डा. नारायणबहादुर गोदार, मेडिकल अधिकृत डा. निरज पौडेल, डा. प्रतीक शर्मा गैह्रे र नर्स अप्सरा भण्डारीको टोलीले रोकाको शल्यक्रिया गरेको हो। बिरामीको अवस्था अहिले सामान्य छ।

याे शल्यक्रिया स्याङ्जामै पहिलाेपटक भएकाे डा. पाैडेलकाे दाबी छ। उनका अनुसार गर्भवतीको शल्यक्रिया, हर्निया, हाइड्रोसिल लगायत शल्यक्रिया भने यसअघिदेखि भइरहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार