Health TV Online
Health TV Online
Health TV Online

आयुर्वेद उपचारमा बढ्याे आकर्षण

आयुर्वेद उपचारमा बढ्याे आकर्षण

विराटनगर : मोरङमा पछिल्लो समय आयुर्वेद उपचार पद्धतिमा आकर्षण बढेको छ। एलोपेथिक उपचारमा खर्च बढी लाग्ने भएकाले आयुर्वेदतिर आकर्षण बढ्न थालेको चिकित्सकको भनाइ छ।

जिल्ला आयुर्वेद अस्पताल मोरङमा गत वर्ष सात हजार ३६ जनाले सेवा लिएका थिए। यसमा नयाँ बिरामीको संख्या दुई हजार ९६६ छ। क्षयरोग, छारसूत्र, पञ्चकर्म, फिस्टुला र पाइल्स, हर्नियाका बिरामी, सुत्केरी र ज्येष्ठ नागरिकलाई विशेष सेवा प्रदान गर्दै आएको सो अस्पतालमा पछिल्लो चरणमा होमियोपेथिक उपचार पनि शुरु गरेकाे चिकित्सक अनिलकुमार यादवले जानकारी दिए।

केही समयपछि फिजोयोथेरापी, ल्याब सेवासमेत सञ्चालनमा आउने सो अस्पतालमा बिरामीको चाप बढ्न थालेको यादवले बताए। अहिले विराटनगर महानगरपालिकाले पनि एक वैद्यको सुविधा प्रदान गरेको छ। यसबाट अस्पताललाई सेवा प्रदान गर्न सजिलो भएको चिकित्सक उनको भनाइ छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार