Health TV Online
Health TV Online
Health TV Online

डडेल्धुरामा ‘स्क्रब टाइफस’का २७ बिरामी

डडेल्धुरामा ‘स्क्रब टाइफस’का २७ बिरामी

डडेल्धुरा : जिल्लामा २७ ‘स्क्रब टाइफस’का बिरामी भेटिएका छन्।

१० दिनको अवधिमा १२८ शंकास्पद बिरामीको जाँच गर्दा २७ जनामा स्क्रब टाइफस फेला परेको डडेल्धुरा अस्पतालका ल्याब इन्जार्ज ईश्वरीप्रसाद भुसालले जानकारी दिए। बिरामी डडेल्धुराका साथै अन्य जिल्लाका पनि रहेको उनले बताए।

आर्थिक वर्ष ०७५\७६ मा जिल्लाको अजयमेरु गाउँपालिकामा पहिलोपटक देखापरेको स्क्रब टाइफसको सङ्क्रमणका कारण दुई जनाको ज्यान गएको थियो।

प्रदेशका पहाडी जिल्लामा गत वर्ष ४१ दिनको अवधिमा १३० को जाँच गर्दा ५० जनामा स्क्रब टाइफसको सङ्क्रमण देखापरेको अस्पतालको तथ्याङ्क छ।

पछिल्लो समय किटजन्य रोगको महामारी पहाडी जिल्लामा फैलिँदै गएको तथ्याङ्कमा देखिन्छ। स्क्रब टाइफस लागेमा बिरामीलाई समान्यतय ज्वरो आउने, मांशपेशी दुख्ने, अत्यधिक टाउको दुख्ने, पसिना आउने, खोकी लाग्नेजस्ता लक्षण देखापर्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट जितेन्द्र कँडेलले बताए।

स्क्रब टाइफसको प्रमुख लक्षण छालामा घाउ देखिने भए पनि सो अस्पतालमा बढी जसो टाउको दुख्ने, आँखाको नानी दुख्ने, सुक्खा खोकी लाग्ने, ज्वरो आउने लक्षणका बिरामी आउने गरेका मेडिकल सुपरिटेन्डेन्ट कँडेलले जानकारी दिए।

व्यक्तिगत स्वास्थ्यमा ध्यान नदिदाँ यो रोगको सङ्क्रमण बढ्ने भएकाले पूरै शरीर ढाक्ने गरी लुगा लगाउने, खुला ठाउँमा शौच नगर्ने र शंका लागे नजिकको स्वास्थ्य संस्थामा गई चिकित्सकसँग परामर्श लिन चिकित्सहरूले सुझाव दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार