धनुषाकाे जनकनन्दनीमा एम्बुलेन्स सेवा शुरु
धनुषा : जिल्लाकाे विकट गाउँपालिका जनकनन्दनीले एम्बुलेन्स सेवा शुरु गरेको छ। गत आर्थिक वर्षमा छुट्याइएको बजेटबाट गाउँपालिकाले एम्बुलेन्स खरिद गरी सञ्चालमा ल्याएको हो।
भन्सार छुट प्रक्रिया पूरा गरी १० लाख ९७ हजार रुपैयाँमा एम्बुलेन्स खरिद गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत कुलानन्द झाले जानकारी दिए।
यहाँका सर्वसाधारण बिरामी पर्दा जनकपुरधामबाट एम्बुलेन्स बोलाउनुपर्ने बाध्यता थियो। अब गाउँपलिकाले नै एम्बुलेन्स सञ्चालनमा ल्याएपछि स्थानीयवासी खुशी भएका छन्।
जनकनन्दनी गाउँपालिकाको केन्द्र खजुरीमा छ। जनकपुर र खजुरीबीचको दूरी करिब २० किलोमिटर छ। नजिक सुविधासम्पन्न अस्पताल नभएका कारण यहाँका अधिकांश गर्भवतीलाई प्रसूतिका लागि जनकपुर लैजानुपर्ने बाध्यता छ।
गाउँपालिकाले जनकपुरसम्मको भाडा दुई हजार ५०० रुपैयाँ निर्धारण गरेको छ। जिल्लामै यो भाडादर सस्तो भएको उसकोे दाबी छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण