महाकुलुङ गाउँपालिकामा ‘जङ्कफुड’मा प्रतिबन्ध
साेलुखुम्बु : महाकुलुङ गाउँपालिका वडा नं. ४ र ५ का विद्यालय क्षेत्रभित्र ‘जङ्कफुड’मा प्रतिबन्ध लागेको छ।
सोमबार आयोजित तीज विशेष कार्यक्रमका अवसरमा भेला भएका स्थानीय बासिन्दा र अन्य सरोकारवालाले जङ्कफुड प्रयोग नगर्ने निर्णय गरेका हुन्।
‘विद्यालय क्षेत्रभित्र बजारका तयारी खानेकुरामा प्रतिबन्ध लगाइने भएको छ’, कुकलुङले भने, ‘स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै अर्ग्यानिक खानेकुरालाई प्रवर्धन गर्न हामी सहमत भएका हौँ।’ वडाका महिला जनप्रतिनिधि, आमा समूह र महिला स्वाथ्य स्वयंसेविकाको उपस्थिति रहेको भेलाले निर्णय गरेको स्थानीयवासीको भनाइ छ।
बजारमा पाइने तयारी खानेकुराले स्वास्थ्यमा असर पार्ने बुझेपछि स्थानीय उत्पादनलाई जोड दिन लागेको उनीहरूले बताए। विभिन्न परियोजनाले अर्ग्यानिक खानेकुरासम्बन्धी चेतनामूलक कार्यक्रम सञ्चालनको प्रभावले पनि विद्यालयमा जङ्कफुड प्रयोग नगर्ने निर्णयमा पुग्न सहज भएको महिला स्वास्थ्य स्वयंसेविका रमिता कुलुङले बताइन्।
बालबालिकाको स्वास्थ्यमा नकरात्मक असर पार्न सक्ने भन्दै तत्कालैदेखि वडा नं. ४ मा रहेको गुदेल माध्यमिक विद्यालयमा तयारी खानेकुरामाथि प्रतिबन्ध लगाइएको कुलुङले जानकारी दिइन्।
जङ्कफुडको विकल्पसहित बारअनुसारको विद्यार्थीलाई खाजासमेत निर्धारण गरिएको छ। विद्यार्थीले आइतबार भुटेको भात, सोमबार आलु, मंगलबार भुटेको मकै, बुधबार गहुँको रोटी, बिहीबार कोदोको हलुवा र शुक्रबार आलु–पिँडालुलगायत कन्दमूल खाजा ल्याउनु पर्नेछ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण