हेटौंडामा ४३८ डेंगुका रोगी
हेटौंडा : हेटौंडामा डेंगुका बिरामी दैनिक रूपमा थपिने गरेका छन्। शुरुमा एकै दिन २० जनासम्म डेंगुका रोगी फेला परे पनि अहिले दैनिक चार\पाँच रोगी थपिने गरेका हुन्।
स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार शुक्रबार बेलुकासम्म मकवानपुरमा ४ सय ३८ जना डेंगु रोगी फेला परेका छन्। स्वास्थ्य कार्यालयमा डेंगुको परीक्षण नि:शुल्क गर्ने गरिएको छ।
हेटौँडा उपमहानगरपालिका–४ मा बढी डेंगुका रोगी फेला परेका छन्। हेटौँडाबाट फैलिएको डेंगुको रोग अहिले मनहरी भीमफेदी, बकैया र वाग्मती गाउँपालिकाका बासिन्दामा समेत देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
गत आर्थिक वर्रषमा हेटौंडामा पाँच जना मात्र डेंगुका बिरामी भेटिएकामा यस वर्षको लगातारको वर्षा पश्चात् एक्कासि डेंगुको संक्रमण देखिएको थियो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण